कांग्रेसले मेलमिलाप र एकता अभियान सञ्चालन गर्ने
धरान। नेपाली कांग्रेसले पार्टीलाई सुदृढ, सवल, सक्षम र जनमुखि बनाउन आपसी मेलमिलाप र एकता अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो ।
पार्टीका केही साथीहरुको पार्टीप्रति उत्पन्न असन्तुष्टि, निष्किृयता, उदासिनता, वितृष्णा र पार्टी परित्यागका विचार तथा घटनाहरु...